नेपाल कम्युनिस्ट पार्टी सम्वद्ध जनवर्गीय संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको ध्यानाकर्षण गराएका छन् । सोमबार बबरमहलस्थित निगमको कार्यालय पुगेर जनवर्गीय संगठनका नेता कार्यकर्ताहरूले निगमलाई ज्ञापनपत्र बुझाउँदै जनताको जीवनयापनसँग प्रत्यक्ष जोडिने पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य बस्तुको समेत मूल्य बढ्ने भएकाले मूल्य घटाउन माग गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी, अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ, अखिल नेपाल जनसांस्कृतिक संघ, अखिल नेपाल महिला संघ, सहिद परिवार संगठनलगायत १६ वटा संगठनका प्रतिनिधिहरू निगम घेराउमा सहभागी भएका थिए ।
मूल्यवृद्धि फिर्ताको माग गर्दै विप्लवका कार्यकर्ताद्धारा आयल निगम घेराउ