रिमोटबाट झन्डोत्तोलन गरेर ओलीले गरे एमाले दसौं महाधिवेशनको उद्घाटन

नारायणघाटको नारायणी किनारमा बनाइएको मञ्चमा उद्घाटन समारोह आयोजना गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले मञ्चबाट रिमोट थिचेर झन्डोत्तोलन गरेर महाधिवेशन उद्घाटन गरेका छन्।
ओलीले रिमोर्ट थिचेर एमालेको झन्डा, नेपालको राष्ट्रिय झन्डा र पार्टीको चुनाव चिन्ह सूर्य अंकित झन्डा उत्तोलन गरेका हुन्।
झन्डोत्तोलन गरेर महाधिवेशन उद्घाटन गरेपछि एमाले अध्यक्ष ओलीले नारायणी किनारमा बनाइएको एकसिङे गैंडाको मस्कट पनि अवलोकन गरेका थिए। उद्घाटन समारोहमा अहिले विभिन्न दलका नेताहरू शुभकामना सम्बोधन गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *