स्याङ्जाको विरुवा गाउँपालिका–३ धोवादीस्थित बोलेरो जीप दुर्घटना हुदाँ चालक र सहचालक दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विरुवा–३ राङभाङका वेलबहादुर थापा र भेषबहादुर थापा रहेका छन् । वेलबहादुर चालक हुन् भने भेषबहादुर सहचालक रहेको स्थानीयले जनाएका छन् । नेकपा एमालेका विरुवा गाउ“पालिका अध्यक्ष प्रकाश थापाका अनुसार दुवै जनाको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल लैजाने तयारी भएको छ । ग १ ज ५९३९ नम्बरको जीप् शुक्रबार राती अन्दाजी ९ बजे घुम्ती मोड्ने क्रममा सडकबाट ७ सय मिटर तल झरेको थापाले बताएका छन् । ‘जीप के कारण सडकबाट खस्यो भन्ने जानकारी भएन’ उनले भने, ‘विहान गाउ“मा खोजतलास गर्दा जीप दुर्घटना भएको खवर पाएपछि घटनास्थल पुग्यौ । घटनास्थलमै दुईजनाको मृत्यु भएको पाइयो ।’
छुटाउनुभयो कि
गण्डकीमा १७ प्रतिशत मत खस्याे
गण्डकी प्रदेशमा १७ दशमलव ५५ प्रतिशत मत खसेकाे छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार गण्डकी प्रदेशमा १ हजार २ सय…
स्याङ्जा बसको ठक्करबाट बृद्धको मृत्यु
स्याङ्जाको वालिङ नगरपालिका–८ मिर्दिस्थित सिदार्थ राजमार्गमा बसले ठक्कर दिदा ८१ वर्षिय वृद्धको ज्यान गएको छ । आज दिउँसो बुटवलबाट पोखरातर्फ…
स्याङ्जामा ‘जनतासँग काँग्रेस’ अभियान
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गर्दै स्याङ्जा काँग्रेसले ‘जनतासँग काँग्रेस’ अभियान शुरु गरेको छ ।…