केही दिनदेखि निरन्तर परिरहेकाे अविरल वर्षााका कारण स्याङ्जाको गल्याङ नगरपालिका-१० दुविनडाँडामा धन्सार भत्किदा १३ वर्षिया वालिकाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा स्थानीय ढाकाराम भट्टराईकाे १३ वर्षिया छाेरी रेखाकाे मृत्यु भएकाे स्याङ्जा प्रहरीले जनाएकाे छ । यस्तै १६ वर्षिय छाेरा लक्ष्मण घाइते भएका छन् । धन्सारमा पुरिएकी रेखाकाे गल्याङ नगर अस्पतालमा उपचारकाे क्रममा चिकित्सकले मृत्त घाेषणा गरेका हुन् । लक्ष्मण भने साेही अस्पतालमा उपचाररत छन् । कच्ची धन्सार विहीवार विहान ५ बजे भत्किएकाे जिल्ला प्रहरी प्रवक्ता रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार मृतककाे शव पाेष्टमार्टमकाे लागि वालिङकाे प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेकाे छ ।
छुटाउनुभयो कि?
व्यवस्था बदलियो अवस्था बदल्न चाहान्छु– प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको अवस्था बदल्न पुनः परीक्षा दिन चाहेको बताएका छन् । मूलुकमा अवस्था फेरिए पनि व्यवस्था नफेरिएको बताउँदै…
म्याग्दीमा सामूहिक बलात्कारका तीन आरोपी १९ दिनपछि पक्राउ
सामूहिक बलात्कारका आरोपीलाई प्रहरीले १९ दिनपछि पक्राउ गरेको छ । बेनी नगरपालिका–५ की २५ वर्षीया महिलालाई बलात्कार गरी फरार भएका…
भरतपुरमा करिव नाै सय मत गन्न बाँकी, मेयरमा दाहाल अघि
भरतपुर महानगरपालिकामा अब नाै सय मत गन्न बाँकी रहेकाे बताईएकाे छ । १० बजेभित्र अन्तिम मत परिणाम आउने सम्भावना रहेको निर्वाचन…