विभिन्न मुद्दामा १० जना फरार प्रतिवादी पक्राउ

जिल्ला अदालत कास्कीले विभिन्न मितिमा कैद तथा जरिवाना फैसला गरेपछि फरार रहेका १० जना प्रतिवादीहरु पक्राउ परेका छन् । सुराकीको आदारमा सादा पोशाकमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२९ का ७२ वर्षिय टेकबहादुर गुरुङ रहेका छन् । चलनचलाई मुद्दामा ५ हजार जरिवाना तोकिएका उनी बुधबार पक्राउ परेका हुन् ।
यस्तै, सोही मुद्दामा सोही धरौटी तोकिएका सोही ठाउँकी ७१ वर्षिया रनमाया गुरुङ, ४० वर्षिय शेरमान गुरुङ, ३९ वर्षका निरमान गुरुङ, ३६ वर्षका बेलकुमार गुरुङ, ३१ वर्षिया जमुना गुरुङ, २६ वर्षिया विपना गुरुङ रहेका छन् । यसैगरी, सवारी ज्यान मुद्दामा २ महिना १० दिन कैद र २ हजार रुपैयाँ जरिवाना सजाय तोकिएर फरार रहेका तनहु“को शुक्लागण्डकी नगरपालिका–२ का ३६ वर्षिय सन्तोष पुन, सोही मुद्दामा ११ महिना ५ दिन कैद सजाय तोकिएका धादिङ घर भई पोखरा महानगर–३२ मजुवा बस्ने ४० वर्षिय चक्रबहादुर गुरुङ र लागुऔषध मुद्दामा १० महिना १६ दिन कैद सजाय तोकिएका पोखरा महानगर–३१ मोहरियाका १९ वर्षिय सुनिल विक रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुन्दर केसीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका १० जनालाई नै सजाय भुक्तानको लागि जिल्ला अदालतमा हाजिर गराई जिल्ला कारागार चलान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *