पोखरा महानगर–२८ माझठानाका ७१ वर्षिय तारानाथ तिवारी जवरजस्ती करणीको आरोपमा पुनः पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले तिवारीलाई शुक्रबार आफ्नै घरबाट पक्राउ गरेको हो । २०७६ साउन ७ मा अपांग भएकी नाविलालाई तिवारीलाई जवरजस्ती करणी गरेका थिए । २०७६ मा तिवारी बलात्कारको आरोपमा पक्राउ परे । २०७७ असोज २७ मा जिल्ला अदालत कास्कीले उनलाई सफाई दिएको थियो । उच्च अदालत कास्कीले २०७९ वैशाख १४ मा जिल्ला अदालतको फैसला उल्टाई १९ वर्ष ३ महिना कैद, १० हजार जरिवाना र पीडितलाई दुई लाख क्षतिपूर्ति सहितको सजाय तोकेको थियो । कैद सजाय भुक्तानको लागि आइतबार जिल्ला कारागार कास्की चलान गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी ज्ञानबहादुर खड्काले जानकारी दिए ।
छुटाउनुभयो कि
कास्कीकाे रुपामा दोहोरिए एमालेका ओझा
कास्कीको रुपा गाउँपालिका अध्यक्षमा एमालेका नवराज ओझा पुनः निर्वाचित भएका छन् । अाजको अन्तिम मतपरिणाम अनुसार उनले १ हजार ६…
पोखरा हङकङ बजारमा ताला
पोखरा महानगरपालिका-९ स्थित हङकङ बजारका व्यावसायीले भाडा नदिएपछि ठेकेदारवाला कम्पनीले ताल्चा लगाएको छ । टेन्डर प्रक्रियाको विरोध गर्दै आएका व्यावसायीले…
गोरखामा फरार अभियुक्त पक्राउ
गोरखा जिल्ला अदालतबाट कैद र जरिवाना तोकिई फरार रहेका अभियुक्त पक्राउ परेका छन् । स्याङजाको गल्याङ नगरपालिका-५ पिडीखोलाका ३४ वर्षीय…