माइतीघरलाई निषेधित क्षेत्र घोषणा

माइतीघर मण्डलालाई निषेधीत क्षेत्र घोषणा गरिएको छ । मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाँई नेतृत्व समूह र एमाले निकट युवा संघका महेश बस्नेत नेतृत्व समूहले प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालयले उक्त क्षेत्रलाई निषेधीत घोषणा गरेको हो । सूचना जारी गर्दै निषेधीत गरेको हो ।
आन्दोलनकारी दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति मागेका थिए । जिल्ला प्रशासन कार्यालयले प्रर्दशनकारी हिड्ने रुट र कार्यक्रमस्थल फरक पर्ने गरी कार्यक्रमस्थलबारे तोक्नेबारे छलफल भइरहेको जनाएको छ ।
प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरेको छ भने, युवा संघले गणतन्त्रणको पक्षमा युवा जम्मा गरेर आन्दोलन गर्ने तयारीमा जुटेको छ । दुवै पक्ष एकै ठाउँमा आमनेसामने हुने भएपछि भिडन्त हुने आकलन गर्दै प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।
स्थानीय प्रशासन ऐन–२०२८ अनुसार निषेधाज्ञा लगाउने र निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ । निषेधाज्ञा उलंघन गरेमा १ महिना कैद र १ हजार जरिवाना वा दुवै सजाय हुने सक्ने कानुनी प्रावधान छ । कुनै ठाउँमा आन्दोलन वा हुलदुंगा भई शान्ति भंग हुने जाने देखिएमा परिस्थितिको बिचार गरी आवश्यक भएमा प्रमुख जिल्ला अधिकारीले त्यस्तो स्थानको सिमाना तोकी सो ठाउँमा कसैले आवत जावत गर्न, भेला हुन र तोकेको अरू कुनै काम गर्न नपाउने गरी कर्फ्यु लगाउन आदेश जारी गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *