ठगी मुद्धामा पोखरा महानगरपालिका–६ वडासदस्यसहित चार जना आज कारागार चलान भएका छन् । लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी गरेबापत विभिन्न किसिमबाट धम्काई नाउँमा फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको आरोपमा जाहेरी परेपछि वडा प्रहरी कार्यालय वैदामले पक्राउ गरेको थियो । वडासदस्य ४२ वर्षिय दिपेन्द्र पहारीलगायत वैदान निवासी ४१ का विकास पहारी, २२ वर्षिय प्रवीन विश्वकर्मा, २४ वर्षिय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराललाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दा दर्ता गरिएको थियो । कास्की जिल्ला अदालतले शुक्रबार उनीहरुलाई पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
छुटाउनुभयो कि
राष्ट्रिय टिममा युवा देव खनालको डेब्यू
नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी पीएनजी सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर…
त्रिवेणीको विकासका लागि प्रदेश सरकारको ‘विशेष प्याकेज’
माघको दोस्रो साता गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मन्त्रीसहितको टिम लिएर सिंहदरबार पुगे । माघ १६ मा प्रधानमन्त्री शेरबहादुर देउवासँग…
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८० ०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति…