महिला पत्रकारले लेखेकाे समाचार विश्वसनीय हुन्छ- सचिव पाैडेल

गण्डकी प्रदेशकाे सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पाैडेलले महिला पत्रकारले लेखेकाे समाचार विश्वसनीय हुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकाे आयाेजना र सामाजिक विकास मन्त्रालयकाे आर्थिक सहयाेगमा आजदेखि सुरू भएकाे “महिला पत्रकारका लागि डिजिटल साक्षरता तालिम”काे उद्घाटन गर्दै सचिव पाैडेलले पत्रकारितामा महिला बढी इमान्दार हुने भन्दै यश क्षेत्रमा अव्वल रहेर काम गर्न सुझाए । मन्त्रालयले चालू आवमा महिला पत्रकारकाे लागि १० लाख रूपैयाँ विनियाेजन गरेकाे थियाे ।

‘तालिमले छाेटाे समयमा आफूले बुझेर समाज बुझाउन मद्वत पुग्नेछ’ उनले भने, ‘पछिल्लोसमय महिलाकाे संख्या थपिदै गएकाे छ अब नेतृत्वमा पनि हावी हुँदै जानुपर्छ ।’ कतिपय समाचार बुझेर भन्दा पनि नबुझि लेख्ने, वेराेजगारी वा अशक्तले तीनै समाचार सामाजिक संजालमा जथाभावि शेयर गर्दा समाजमा नकारात्मक सन्देश फैलिने गरेकाे उनले बताएका थिए । तालिममा एघार वटै जिल्लाबाट क्रियाशील महिला पत्रकारकाे सहभागिता रहेकाे छ । तालिम तिनदिनसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *