लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर

अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले लुम्बिनी विकास कोषका योजना प्रमुख ईन्जिनियर सरोज भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रीतेन्द्र थापाको इजलाशले भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । आयोगले भट्टराईविरुद्ध गत चैत २५ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

भट्टराईलाई सजाय तोक्नका लागि बेग्लै सुनुवाइ हुनेछ । सजाय निर्धारणका लागि जेठ ३१ गते पेसी तोकिएको छ । ३ वर्षभन्दा बढी कैद हुने अपराधमा अदालतले कसुर ठहर गरेपछि सजाय निर्धारणका लागि बेग्लै सुनुवाइ गर्छ । कोषको वरिष्ठ इन्जिनियर पदका कर्मचारी भए पनि भट्टराई विगत ७ वर्षदेखि योजना प्रमुखको नियुक्ति लिई काम गरिरहेका थिए ।

इन्जिनियर भट्टराईले पदीय दुरुपयोग गरी कोषका ठेकेदारबाट ८० लाख रुपैयाँ घुस खाएको र त्यो रकम जग्गामा लगानी गरेको अख्तियारले देखाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *