कर्मचारीको आन्दोलनले संसद बैठक प्रभावित

संघीय संसदका कर्मचारीको आन्दोलनले प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ । कर्मचारीको लगातारको आन्दोलनका कारण आज बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।

अतिरिक्त समय काम गरेको पारिश्रमिक पाउनु पर्ने लगायतका माग अघि सार्दै सङ्घीय संसदका कर्मचारी १२ दिनदेखि आन्दोलनमा छन् ।आज बिहान मात्र उनीहरुको माग सम्बोधनको विधि तय गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्त्वमा समिति गठन भएको छ । गठित समितिमा मन्त्री गिरीसँगै संसद्का महासचिव पद्म प्रसाद पाण्डेय र अर्थसचिव मधु मरासिनीलाई जिम्मा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *