३५ महिनापछिकै सर्वाधिक विन्दुबाट नेप्से परिसूचक, नाघ्यो ३ हजारकाे विन्दु

निरन्तर उकालो लागेको सेयर बजार तीन हजार विन्दुबाट माथि लागेको छ। बिहीबार कारोबार खुलेको १ मिनेटमै नेप्से परिसूचक ३००२.११ विन्दुमा पुगेको हो ।

नेप्सेले इन्ट्रा डेमा लिएको यो उचाइ साढे ३५ महिनापछिकै सर्वाधिक हो। यसअघि नेप्से २०७८ भदौ १३ गते ३०४४ विन्दुमा थियो।

यो समाचार तयार पार्दासम्म नेप्से ६४ अंकले बढेर ३०२२ विन्दुमा पुगेको छ ।

सेयर बजारमा कारोबार रकमले तीन वर्षअघिको रेकर्ड ब्रेक गरे पनि नेप्सेले भने २०७८ भदौ २ गते कायम उचाइ तोड्न सकेको छैन ।

त्यत्तिखेर बजार सूचक ३१९८ विन्दुमा थियो। गत असार १७ पछि उकालो लागेको बजारको रफ्तारमा ब्रेक लागेको छैन। कारोबार खुलेको आधा घण्टामै पौने ५ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *