अमोर सेवा बालगृहलाई सांसद गुरुङको आर्थिक सहयोग

गण्डकी प्रदेश सभाका सदस्य एवं पूर्व मन्त्री पञ्चराम गुरुङले स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मा रहेको अमोर सेवा बालगृहलाई ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । एक कार्यक्रमको बीच उनले बालगृहका अध्यक्ष कमला पराजुलीलाई आर्थिक रकम हस्तान्तरण गरेका हुन् । सांसदबापत आफूले पाएको तलवबाट बालगृहलाई सहयोग गरेको उनले बताए ।
अमोर सेवा जिल्लाकै एक्लो बालगृह हो । यहाँ विभिन्न जिल्लाका साहाराविहिन ३४ जना बालबालिका रहदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *