दिउँसो १२ः३४ मा प्रधानमन्त्री बालेनले शपथ लिने

Share this post :

Facebook
Twitter
WhatsApp

केही समयअघि मात्रै प्रधानमन्त्री नियुक्त भएका बालेन शाहले दिउँसो १२ बजेटर ३४ मिनेट जादा पद तथा गोपनियताको शपथ लिदै छन् ।

संविधानको धारा ७६ को उपधारा १ अनुसार रास्वपा संसदीय दलका नेता बालेन प्रधानमन्त्री नियुक्त भएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । मधेशी समुदायबाट प्रधानमन्त्री बनेको यो पहिलोपटक हो ।

शपथ साइतको समयबारे रास्वपाले राष्ट्रपति कार्यालयलाई यसअघि नै जानकारी गराइसकेको छ । राष्ट्रपति भवन, शीतल निवासमा हुने शपथ ग्रहणमा ७ वटा शंखनाद हुनेछ । त्यस्तै १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । रास्वपाले चुनावअघि नै वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउने उद्‍घोष गरेको थियो । उनी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजय गर्दै झापा–५ बाट विजयी भएका थिए । यसअघि उनी काठमाडौ महानगरका पूर्वमेयर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *