प्रधानमन्त्री वालेन शाहको अध्यक्षतामा आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने जनाइएको छ ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ । साथै केही महत्वपूर्ण नीतिगत निर्णय, मन्त्रालयगत प्रस्ताव तथा नियुक्तिसम्बन्धी विषयहरू पनि एजेन्डामा रहने स्रोतले जनाएको छ ।
सरकारले पछिल्ला दिनमा विभिन्न अध्यादेश, मन्त्रालय पुनःसंरचना तथा प्रशासनिक सुधारका विषयमा सक्रियता बढाइरहेका बेला आजको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।