संघीय संसद वैठक स्थगित

आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने गरी तय भएको संघीय संसद्को वैठक स्थगित भएको छ । विशेष कारण देखाउदै वैठक स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो । कानुनमन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । यो कार्यसूची अर्को बैठकमा सर्ने सचिवालयले जनाएको छ ।

बैठकमा कानुनमन्त्री गौतमले ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्ने कार्यसूची थियो । यो पनि अर्को बैठकका लागि सारिने बताइएको छ । वैठक कहिले बस्छ भन्ने मिति तय नभएको सचिवालयले जनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *