रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण हालसम्म १६२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार रसुवामा दुई, नुवाकोटामा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, पूर्वी नवलपरासीमा २६ र पश्चिम नवलपरासीमा दुई जनाको शव फेला परेको छ । ४१ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भोटेकोसी बाढीका कारण हालसम्म १६२ जनाको मृत्यु