समाज

नेपाल-भारत-चीनबीचको सीमा विवाद पुनः चर्कियाे

लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालन गर्ने भारत-चीनको सहमतिले नेपाल-भारत-चीनबीचको सीमा विवाद पुनः चर्किएको छ । भारतले सन् २०२६ का लागि कैलाश मानसरोवर यात्राको रुट लिपुलेक पास हुँदै तय गरेपछि नेपालले कडा आपत्ति…

संविधान संशोधन बहस तीव्र: पूर्वमहान्यायाधिवक्ता र कानुनविद्हरूबाट कार्यदलले सुझाव संकलन

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरू र कानुनविद्हरूबाट सुझाव संकलन गरेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूलाई आमन्त्रण गरी…

सरकारले गर्‍यो ११ सहसचिवको सरुवा

सरकारले ११ सहसचिवको सरुवा गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गरी सरुवाबारे जानकारी गराएको छ…

प्रधानमन्त्रीका अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्रा. डा. जगदिश प्रसाद अग्रवाल नियुक्त

सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् प्रा. डा. जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहका अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको…

दोहोरो सुविधा नियन्त्रणमा सरकार कडा, पूर्वविशिष्टका सवारी विवरण आजै बुझाउन निर्देशन

राज्यकोषबाट दोहोरो तथा असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकार सक्रिय बनेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको…

मन्त्रालय पुनःसंरचना प्रस्ताव: २१ बाट घटाएर १७ मन्त्रालय बनाउने सुझाव

प्रधानमन्त्री वालेन शाहले मन्त्रालय पुनःसंरचनाका लागि गठन गरेको समितिले संघीय सरकारका मन्त्रालय संख्या घटाउने प्रस्ताव अघि सारेका छन् । हाल कायम २१ वटा मन्त्रालयमध्ये चार मन्त्रालय कटौती गर्दै कुल संख्या १७ मा…

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाइएको हो । गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि शाहले पहिलो पटक…

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले २०८३ साल वैशाख २८ गते सोमबार दिउँसो १ बजे संघीय संसदका दुवै…

हुलाकबाट १९ जिल्लामा सरकारी कागजात व्यक्तिको घरमै पुर्याउन थालियो

सरकारले सार्वजनिक सेवालाई घरदैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवामार्फत सरकारी कागजात व्यक्तिको घरमै वितरण गर्न थालेको छ । हालसम्म १९ जिल्लामा यो सेवा सञ्चालनमा आइसकेको छ । गत चैत १३ गते सरकारले स्वीकृत…

मन्त्रिपरिषद् बैठकः संसदको अधिवेशन वैशाख २८ गतेदेखि आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले सङ्घीय संसदको दुबै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही वैशाख २८ गते दिउँसो दिउँसो २ बजेका लागि…

पत्रकारदेखि आमजनतासम्मको साझा आवाजपछि शिक्षालय र कर्मचारीतन्त्रमा दलगत राजनीति निषेध

विद्यार्थी र कर्मचारीतन्त्रमा दलगत राजनीतिको गहिरो प्रभावबारे वर्षौंदेखि उठ्दै आएको बहसपछि सरकारले त्यसलाई नियन्त्रण गर्ने निर्णायक कदम चालेको छ। पत्रकार, राजनीतिक दलका नेता, अभियन्ता, व्यापारी तथा आम नागरिकले लामो समयदेखि “विद्यार्थी र…

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय 

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ राष्ट्रपतिबाट पुनर्विचारको लागि…

नदीकिनार अतिक्रमण हटाउने प्रक्रियाबारे सरकारको स्पष्टोक्ति: ‘घरबारविहीन बनाउने होइन, स्थायी समाधान हाम्रो लक्ष्य’

काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा भएको अतिक्रमण हटाउने सम्बन्धमा सरकारद्वारा अघि बढाइएको व्यवस्थापन प्रक्रियाबारे विभिन्न टिप्पणी र भ्रम फैलिएको भन्दै नेपाल सरकारले गम्भीर ध्यानाकर्षण जनाएको छ। सरकारले उक्त प्रक्रियालाई…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् अध्यादेश फिर्ता

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश पुनर्विचारका लागि मन्त्रिपरिषद्‌मा फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को सिफारिसमा पेश भएको उक्त अध्यादेशलाई राष्ट्रपतिले सन्देशसहित पुनः अध्ययन…

जोखिमयुक्त बस्ती स्थानान्तरणमा छुटेकालाई सम्पर्कमा आउन सरकारको आग्रह

शहरी विकास मन्त्रालयले नदी किनारका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ। मन्त्रालयद्वारा जारी प्रेस नोटमा सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकलाई प्राथमिक दर्ता…

‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको…

राष्ट्रपतिद्वारा थप ३ अध्यादेश जारी, कुल संख्या ६ पुग्यो

राष्ट्रपति रामचन्द्र पाैडेलले आज थप तीन वटा अध्यादेश जारी गरेका छन्। यससँगै हालसम्म जारी भएका अध्यादेशको कुल संख्या ६ पुगेको छ। राष्ट्रपतिबाट जारी गरिएका नयाँ अध्यादेशहरूमा “स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल…

आज देशभर बदली, मेघगर्जनसहित वर्षाको सम्भावना

जल तथा माैसम विज्ञान विभागले आज सार्वजनिक गरेकाे मौसम पूर्वानुमान अनुसार देशका अधिकांश स्थानमा बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र…