समाज

प्रधानमन्त्री शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै

प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै छन् । बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई…

अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन…

स्याङ्जाको रामकोशमा बस दुर्घटना, चालकसहित तीन जना घाइते

स्याङ्जाको पुतलीबजार नगरपालिका–४ रामकोशस्थित सिद्धार्थ राजमार्गमा पोखराबाट बुटवलतर्फ जाँदै गरेको ग.१.ख. ९५६३ नम्बरकाे यात्रुबाहक बस दुर्घटना भएको छ।दुर्घटनामा बसका चालकसहित तीन जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले…

प्रदेश सरकार सानो बनाउने प्रधानमन्त्रीको योजना: कांग्रेसले मुख्यमन्त्रीहरूलाई बोलायो छलफलमा

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रदेश संरचनालाई चुस्त र सानो बनाउने नीति अघि सारेपछि नेपाली कांग्रेसले त्यसलाई सकारात्मक रूपमा लिएको छ । सोही सन्दर्भमा कांग्रेसले आफ्ना मुख्यमन्त्रीहरूसँग छलफल गर्न आज दिउँसो १…

दल निकटका विद्यार्थी संगठन खारेज गर्ने निर्णय, क्याम्पसमा कार्यालय नराख्न निर्देशन

सरकारले दल निकटका विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेसँगै क्याम्पस प्रशासनलाई ती संगठनहरूले प्रयोग गर्दै आएका कार्यालय खाली गराउन निर्देशन दिएको छ । सरकारको उक्त निर्णयअनुसार अब क्याम्पसहरूमा कुनै पनि दल निकटका…

बीपी राजमार्ग फेरि अवरुद्ध

पूर्व-पश्चिम जोड्ने महत्वपूर्ण बीपी राजमार्ग फेरि अवरुद्ध भएकाे छ । गएराति परेको वर्षापछि रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको कटुञ्जेदेखि मङ्गलटार, घुमाउनेलगायत क्षेत्रका अस्थायी डाइभर्सन बगाएपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको…

रास्वपा सचिवालय बैठक आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो साढे ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय गरिएको छ । पार्टी सभापति रवि लामिछानेले आह्वान गरेको उक्त बैठकमा…

साहस, संघर्ष र सशक्तीकरणको कथा: कोपिला कुमारी महतो

नवलपरासी मध्यबिन्दु नगरपालिका-२, सितापुरको सानो गाउँमा जन्मिएकी कोपिलाकुमारी महतो आज संघर्ष र सशक्तीकरणको जिउँदो उदाहरण बनेकी छन् । थारु समुदायभित्र हुर्किएकी कोपिलाको बाल्यकाल अहिले हेर्दा सहज थिएन । कमजोर आर्थिक अवस्थाले उनलाई…

प्रधानमन्त्री शाहसंग मुख्यमन्त्रीहरूकाे तीन घण्टा

प्रधानमन्त्री वालेन्द्र शाह र प्रदेशका मुख्यमन्त्रीहरूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन घण्टा लामो संवाद भएको छ ।संघीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले आयोजना गरिएको छलफल केवल बैठकमा मात्र सीमित रहेन, बरु यो…

प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै

प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछन् । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठक विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित…

मन्त्रिपरिषद बैठकको निर्णयः सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न तीन सदस्यीय समिति गठन

सरकारले गत भदौ २३ र २४ गतेको घटनाको चाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न समिति गठन गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा…

मन्त्रिपरिषद् बैठक : सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

सरकारले २०६२-६३ सालदेखि हाल (२०८२-८३) सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ-छानबिन आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा…

आफ्ना क्लस्टरका मुद्दा उठाउन समानुपातिक सांसदलाई प्रधानमन्त्री शाहकाे सझाव

प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न आह्वान गरे । प्रधानमन्त्री कार्यालयमा आज भएको छलफलमा उनले समानुपातिक सांसदहरूको…

आजदेखि देशभर आर्थिक गणना हुँदै

आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदै छ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्य तालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी…

प्रधानमन्त्री शाहले सबै पार्टीका समानुपातिक सांसदसँग बुधबार अन्तरक्रिया गर्ने

प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदसँग बुधबार अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रम मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा आयोजना हुँदै छ…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहसम्म निःशुल्क बस सेवा शुभारम्भ

पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह चोकसम्म दुईतर्फी निःशुल्क सटल बस सेवा शुभारम्भ गरेको छ । उक्त सेवाको नगरप्रमुख धनराज आचार्यले मङ्गलवार शुभारम्भ गरेका हुन् । महानगर यातायात प्रा.ली. काठमाडौँ, कृषि विकास…

‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक

नेपाल सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा तयार पारेर सार्वजनिक गरेको छ । राष्ट्रिय मान्यताप्राप्त छ वटा राजनीतिक दलका घोषणापत्र एवं चुनावका समयमा सार्वजनिक गरेका वाचापत्रहरूको अध्ययन गरी सरकारले तयार पारेको १८ बुँदे यो…

आज नयाँ वर्ष २०८३ : हर्षोल्लासका साथ मनाइँदै

नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाइँदै आइएको छ । सबैभन्दा पुरानो संवत्‌का रूपमा विक्रम संवत् स्थापित छ । आजदेखि विसं २०८३ प्रारम्भ भएकाले नयाँ वर्षलाई उत्साह, नयाँ उमंग र नयाँ सुरुआतका रूपमा पनि…