धुलिखेल जिपलाइनमा प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन्।
प्रचण्ड बिहीबार सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्ट पुगेका थिए। फर्कने क्रममा परिवारसँगै उनले जिपलाइनको मज्जा लिएका छन ।
नाति नातिनीसहित पुगेका प्रचण्ड आफैंले क्लासिक जिपलाइनको अनुभव लिएका छन ।
साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको बताएका थिए ।
जिपलाइनको टेक अफ थाक्लेडाँडा, धुलिखेल देखि ल्यान्डिङ स्टेसन खावा, पाँचखाल सम्मको जिपलाइन दूरी ११ सय मिटर रहेको छ। भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमिटर प्रतिघण्टाको औसत गतिमा पार हुन्छ।
काठमाडौंबाट करिब ३५ किलोमिटर दुरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रूपमा सुरू भएको हो।
धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ। क्लासिक, सुपरम्यान र टेन्डम जोडी गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *