विपन्नका लागि रासन कार्ड व्यवस्था गर्नेछु : बोधराज

प्रतिनिधिसभा सदस्य उम्मेदवार बोधराज रेग्मीले अति विपन्न परिवारका लागि रासन कार्डको व्यवस्था गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट स्याङ्जा क्षेत्र नं १ बाट उम्मेदवार बनेका रेग्मीले आइतबार मतदातासँग भेटघाट गर्दै उक्त कुरा बताएका हुन् ।
चुनावी अभियानमा जुटेका उनले स्याङजा क्षेत्र १ को विकासका लागि आफु दत्तचित्त भएर लागि पर्ने बताए । ‘स्थानीय तहसँग समन्वय गरी अति विपन्न वर्गका लागि रासन कार्डको व्यवस्था गर्न पहल गर्नेछु’ उनले भने, ‘हामीले सधैँ सुन्दै आएका हौँ गरिबी निवारण हुन्छ भन्दै तर, अहिलेसम्म खै कहाँ के भयो ? सधँै हामीलाई झुटा आश्वासन मात्रै बाडियो त्यहि कारण म यहाँबाट उम्मेदवार बनेको हो ।’
उनले २०४७ सालदेखि पछाडी उच्च पदमा रहेका राजनीतिज्ञ र उच्च पदमा रहेका कर्मचारीको सम्पत्ति छानविन गरी कारवाही गर्न विशेष पहल गर्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *