लुम्बिनीमा कृष्ण सेन संचारग्राम स्थापना गर्ने

आगामी आर्थिक वर्षकाे लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले स्वर्गीय कृष्ण सेन (इच्छुक)काे नाममा लुम्बिनी प्रदेशमा कृष्ण सेन संचारग्राम स्थापना गर्ने घोषणा गरेका छन् ।

माओवादीको मुखपत्र जनादेश साप्ताहिका सम्पादक एबं प्रगतिवादी साहित्यका कृष्ण सेनको शाही शासनका बेला ०५९ साल जेठ १३ गते महेन्द्र पुलिस क्लबमा चरम यातनाका कारण मृत्यु भएको थियो । उनको नाममा कृष्ण सेन स्मृति प्रतिष्ठान काठमाडौंमा पहिलनै स्थापना भइसकेको छ ।

अर्थमन्त्रीले संघीय संसद्को संयुक्त सदनलाई सम्बाेधन गर्दै  आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका छन् । सेनको जन्मस्थान लुम्बिनी प्रदेशको राजधानी भालुबाङ नजिक राप्ती नदीको किनारा अर्घाखाँची जलुकेमा पर्छ । सरकारले साेही ठाउँमा नै संचारग्राम स्थापना गर्ने तयारी गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *