काँग्रेसलाई समर्थन गर्दै कास्की–२ मा स्वतन्त्र उम्मेदवार पौडेलद्वारा उम्मेदवारी फिर्ता

Share this post :

Facebook
Twitter
WhatsApp

काँग्रेसलाई समर्थन गर्दै कास्की निर्वाचन क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार विक्रम पौडेलले उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिदै पौडेलले विज्ञप्तीमार्फत लोकतन्त्रको रक्षा, युवाको भविष्य र कांग्रेस उम्मेदवारको निष्ठाका कारण समर्थन गरेको बताएका छन् ।

उनले मतदातालाई कांग्रेसको पक्षमा मतदान गर्न अपिल गर्दै आफ्नो निर्णय सर्तसहितको सहयोग भएको बताएका छन् ।

उनले आफ्नो राजनीतिक यात्रा पद, सत्ता वा सौदाबाजीका लागि नभई पुस्तान्तरण, युवाको आत्मसम्मान, अवसर र सुरक्षित भविष्यको खोजीका लागि सुरु भएको उल्लेख गरेका छन् । वर्तमान राजनीतिक परिस्थिति, कांग्रेसको स्पष्ट दृष्टिकोण, उम्मेदवार बास्तोलाको निष्ठा, इमानदारी र युवामैत्री सोचका कारण समर्थन गर्ने निर्णयमा पुगेको उनले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *