निर्वाचन प्रचारप्रसार : फागुन १८ सम्म

निर्वाचन आयोगले स्वच्छ, विश्वसनीय तथा भयरहित निर्वाचन सम्पन्न गराउने गरी तयारी पुरा गरेको छ । यसका लागि विभिन्न ७ वटा निर्णय गरेको छ । जसमध्ये निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ ।

यस अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ ।

त्यस्तै मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि संचालनमा रोक लगाउने निर्णय पनि आयोगले गरेको छ ।

आयोगले मतदानको मितिभन्दा सात दिनअगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ भने, मतदानको दिनमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत् संचालनको व्यवस्था मिलाउने निर्णय गरेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *