ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरुङले भने -प्रतिशाेध होइन न्यायको सुरुवात

[post-views]

Share this post :

Facebook
Twitter
WhatsApp

गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नहुने बताउदै  प्रतिशाेध नभई न्यायको सुरुवात भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै उनले यो प्रतिशाेध नभई न्यायको सुरुवात भएको बताएका छन् ।

उनले अब देशले नयाँ दिशा दिने भन्दै फेसबुकमा लेखेका छन,  ‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौं,´ उनले लेखेका छन्, ‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’ ओली र लेखकलाई प्रहरीले आज बिहानै पक्राउ गरेको हो । उनीहरूलाई काठमाडौं परिसर लगिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *