स्याङ्जाकी बत्तीकुमारी थापा मगर बनिन् दोस्रो गण्डकी लोकतारा विजेता

पोखरामा सम्पन्न “दोस्रो गण्डकी लोकतारा” प्रतियोगिताको उपाधि स्याङ्जाकी प्रतिभाशाली गायिका बत्तीकुमारी थापा मगरले जितेकी छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशद्वारा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै उनले उपाधिसहित नगद ५५ हजार ५५५ पुरस्कार हात पारेकी हुन् ।

लोक तथा दोहोरी संगीतको संरक्षण, प्रवर्द्धन र नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका प्रतिस्पर्धी सहभागी भएका थिए । अन्तिम चरणसम्म पुगेर बत्तीकुमारीले आफ्नो गायन कौशलमार्फत निर्णायक र दर्शकको मन जित्न सफल भएकी हुन् ।

गत वर्ष आयोजित पहिलो गण्डकी लोकतारा प्रतियोगितामा पनि स्याङ्जाले उपविजेताको सफलता हासिल गरेको थियो । यसपटक भने स्याङ्जाले विजेताको उपाधि नै जितेर जिल्लाको सांगीतिक गौरव अझ उचो बनाएको छ ।

प्रतियोगिताले गण्डकी प्रदेशमा लोक संस्कृतिप्रति युवापुस्ताको आकर्षण बढाउनुका साथै नयाँ कलाकार उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको आयोजक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशले जनाएको छ ।

१० जिल्लाबाट सहभागी प्रतिस्पर्धीमध्ये पहिलाे चरणबाट ६ जना मात्रै छनाैट भएका थिए । ६ जनाबीच बत्ती प्रथम बन्दा लमजुङमा याेगेश परियार दितिय भएका छन् । तेस्राे स्थानमा बाग्लुङकि ललिता घर्ती रहेकी छन् भने, चाैथाे स्थानमा कास्कीका समीर पुन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *