देशका मुख्य राजमार्गहरू प्रभावित, कहाँ–कहाँ छ अवरोध?

लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा प्रभावित भएका छन्। नेपाल प्रहरीले आइतबार बिहान ८ः३० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार उपत्यका, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका विभिन्न सडक खण्डमा यातायात प्रभावित भएको हो ।

नेपाल प्रहरीका अनुसार प्रभावित सडकहरू यसप्रकार छन् :

उपत्यका

  • ललितपुर (बागमती गाउँपालिका–३, टाकुरे) : कान्तिलोकपथ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध

कोशी प्रदेश

  • भोजपुर : मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन
  • इलाम : मेची राजमार्गमा हिलो र अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध (वैकल्पिक मार्ग उपलब्ध)।
  • खोटाङ : मध्यपहाडी लोकमार्गको दिक्तेल–भोजपुर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध

बागमती प्रदेश

  • काभ्रेपलाञ्चोक : सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै चल्ने वि.पी. राजमार्गमा निश्चित समयका लागि सवारी आवागमन रोक
  • सिन्धुपाल्चोक : अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा पहिरोका कारण पूर्ण अवरोध
  • मकवानपुर : कान्तिलोकपथमा वर्षाका कारण रातिको समयमा सवारी सञ्चालन रोकिएको
  • रसुवा : पासाङ ल्हामु सडक खण्डमा पहिरोका कारण एकतर्फी सञ्चालन

गण्डकी प्रदेश

  • बागलुङ (जैमिनी–८, बेलबगर) : कालीगण्डकी करिडोर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध

सुदूरपश्चिम प्रदेश

  • दार्चुला : महाकाली राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध

नेपाल प्रहरीले वर्षायाममा यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *