कप्तानगञ्ज जाँदै गृहमन्त्री

सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच दिनपछि गृहमन्त्री सुधन गुरूङले काठमाडौं छाड्ने भएका छन्।

यसअघि आफ्ना पीए जेम्स कार्कीलाई पठाएर आफू काठमाडौंमै बसेका उनी बिहीबार अपराह्न सुनसरी जान लागेका हुन् ।

सुनसरीबाट फैलिएको दुई समुदायको तनाव मधेश प्रदेशभर पुगेपछि प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार गृहमन्त्रीलाई सुनसरीतर्फ पठाउने निर्णय गरेका हुन्।

यसअघि बिहीबार दिउँसो वालेन्द्रले गृहमन्त्री गुरुङसहित राष्ट्रिय सुरक्षा समितिको बैठक राखेका थिए । उक्त बैठकले देशभर बिग्रिएको शान्ति सुरक्षाको अवस्था सम्हाल्न विशेष पहल गर्ने निर्णय गरेको थियो ।

बुधबार मात्रै प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधनले दुवै प्रहरीका आईजीपीसँग संवाद गरेका थिए । उक्त संवादका क्रममा दुवै आईजीपीले सुनसरीबाट सुरू भएको तनाव बन्दुकबाट नभई संवादबाटै समाधान गर्नुपर्ने बताएका थिए ।

तर सुधन र बालेनले दुवै गृहमन्त्रीलाई गोली कसले चलाएको मात्रै भनेर सोधेका थिए । दुवैजना समाधानतिर भन्दा गोली चलाएका मानिस खोज्नेतिर केन्द्रित हुँदा सुनसरीको तनाव अब मधेशभर सल्किएको छ। सिरहाको गोलबजारमा २० वर्षीय युवक गणेश यादव बिहीबार मारिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *