Thursday, १५ October २०२६
समाज

काँग्रेसका भेषबहादुर पौडेल गण्डकीको वन मन्त्रीमा नियुक्त

काँग्रेसका भेषबहादुर पौडेल गण्डकीको वन मन्त्रीमा नियुक्त

लामोसमयदेखि खाली रहेको वन तथा वातावरण मनत्रालयको जिम्मा नेपाली काँग्रेसका भेषवहादुर पौडेलले सम्हाल्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार पौेडेललाई मन्त्री नियुक्त गरेका हुन् । पौडेल मन्त्री भएसंगै गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । पौडेललाई सोमबार नै शपथ लिने तयारी छ ।

मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले उक्त मन्त्रालय छोडेपछि मुख्यमन्त्री पाण्डेले नै मन्त्रालय सम्हाल्दै आएका थिए । सत्ता गठबन्धनमा भएको फेरबदलपछि भौतिक मन्त्री रहेका मनाङेलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए । गण्डकीमा अहिले नौ मन्त्रालय छन् । मुख्यमन्त्रीसहित कांग्रेस र एमालेले ४–४ मन्त्रालय लिएको छन् भने नेपाल समाजवादी पार्टीबाट एक जना मन्त्री छन् ।