पोखरामा बालमैत्री सञ्चार निर्देशिका कार्यान्वयनबारे प्रदेशस्तरीय अन्तरक्रिया

Share this post :

Facebook
Twitter
WhatsApp

“बालबालिकामा लगानी: सुनौलो भविष्यको थालनी” भन्ने नाराका साथ बालमैत्री सञ्चार निर्देशिका कार्यान्वयन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रिय बालअधिकार परिषदद्वारा आयोजित उक्त कार्यक्रममा पोखरामा क्रियाशील विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रदेश तथा स्थानीय तहमा बालकल्याण अधिकारीको व्यवस्था, बालअधिकार समिति गठन, प्रदेशका बालगृहहरूको वर्तमान अवस्था, १०९८ बाल हेल्पलाइन सेवा, पुनर्स्थापना केन्द्रहरूको भूमिका, बालबालिका सम्बन्धी नीति, नियम तथा कानुन, साथै पत्रकार आचारसंहिता लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो ।

अन्तरक्रियामा सहभागीहरूले बालअधिकार संरक्षण र प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सहकार्य र सचेतनामा जोड दिएका थिए ।
कार्यक्रमको सहजीकरण राष्ट्रिय बालअधिकार परिषद् गण्डकी प्रदेश प्रमुख बद्रीप्रसाद वाग्लेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *