स्याङ्जा–१ कांग्रेस क्षेत्रीय सभापतिमा डोलराज पोखरेल निर्वाचित
स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. १ को नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको सभापतिमा डोलराज पोखरेल (डी.आर.) निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणामअनुसार पोखरेलले ८३० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी रामचन्द्र रेग्मीले ५८८ मत प्राप्त गरे ।
क्षेत्रीय सचिवमा महादेव श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले ७३९ मत प्राप्त गर्दा बालकुमार गुरुङले ६४० मत पाए ।
त्यस्तै, सह–सचिवमा अनुप भण्डारी र गोविन्द भण्डारी निर्वाचित भएका छन् । अनुपले ६८२ र गोविन्दले ६७४ मत प्राप्त गरेका छन् ।
मतगणना अपडेट : १,४६५ मतअनुसार उक्त अन्तिम परिणाम सार्वजनिक गरिएको हो ।
