नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा सुरु
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा दिउँसो २ बजेबाट सुरु भएको हो।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित सुरु भएको महाधिवेशनमा देशभरबाट आएका महाधिवेशन प्रतिनिधि तथा नेता–कार्यकर्ताको सहभागिता रहेको छ।
महाधिवेशनले नेपाली कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशासमेत तय गर्नेछ। महाधिवेशनमा सात हजारभन्दा बढी प्रतिनिधि काठमाडौं आइपुगेका छन्।
महाधिवेशनको बन्दसत्र तथा अन्य कार्यक्रम असोज १९ र २० गते हुने कार्यतालिका रहेको छ। नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता असोज १९ गते हुने बताइएको छ।
यसपटकको महाधिवेशन विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापाको नेतृत्वमा भइरहेको छ।
