Monday, २६ October २०२६
खेलकुद़़

आजदेखि एनपीएलको महासंग्राम, साँझ ५ बजे साविक विजेता लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आजदेखि एनपीएलको महासंग्राम, साँझ ५ बजे साविक विजेता लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाली क्रिकेटप्रेमीको प्रतीक्षामा रहेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। खेल साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यसपटक मैदानको स्तरोन्नति गर्नुका साथै निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) लागू गरिएको छ।

आठ फ्रेन्चाइज टोली सहभागी प्रतियोगितामा चर्चित विदेशी खेलाडीको उपस्थितिले प्रतिस्पर्धा थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ। करिब एक महिनासम्म चल्ने एनपीएलले नेपाली क्रिकेटको लोकप्रियता र घरेलु खेलकुदको माहोल थप बढाउने विश्वास गरिएको छ।