Monday, २६ October २०२६
खेलकुद़़

एनपिएलमा पाकिस्तानी खेलाडीकाे सहभागीता अन्याैलमा

एनपिएलमा पाकिस्तानी खेलाडीकाे सहभागीता अन्याैलमा

नेपाल प्रिमियर लिग (एनपिएल) मा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा परेको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रतियोगितामा खेल्न आवश्यक अनापत्ति प्रमाणपत्र (एनओसी) दिने प्रक्रिया रोकेपछि साहिबजादा फरहान, हैदर अली, इफ्तिखार अहमद, हसन अलीलगायत खेलाडीको सहभागितामाथि प्रश्न उठेको हो। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पनि एनओसीबिना पाकिस्तानी खेलाडीले एनपिएल खेल्न नपाउने बताएका छन्।

एनपिएलसँग सम्बन्धित केही व्यक्तिका अनुसार पीसीबीले प्रतिखेलाडी करिब २५ हजार अमेरिकी डलर शुल्क मागेको हुन सक्ने चर्चा छ। तर, यस्तो माग आधिकारिक रूपमा पुष्टि भएको छैन र एनओसी रोक्नुको वास्तविक कारणसमेत स्पष्ट भइसकेको छैन। केही पाकिस्तानी खेलाडी काठमाडौं पुगिसकेका छन् भने अन्य खेलाडीले समस्या समाधान नभएसम्म यात्रा स्थगित गरेको बताइएको छ। अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगितामा उनीहरूको सहभागिता अब पीसीबीको निर्णय र एनओसी प्रक्रियामा निर्भर रहनेछ।