वडा, पालिका र जिल्ला अधिवेशनका लागि रास्वपाद्वारा ७७ जिल्लामा प्रतिनिधि खटाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर संगठन विस्तार तथा अधिवेशन तयारीलाई तीव्रता दिएको छ । पार्टीले वडा, पालिका तथा जिल्ला तहका भेला र अधिवेशनलाई व्यवस्थित तथा प्रभावकारी बनाउन ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको  हाे ।

पार्टीका अनुसार खटाइएका प्रतिनिधिले सम्बन्धित जिल्लामा संगठनको अवस्था अध्ययन गर्नुका साथै भेला तथा अधिवेशन सम्पन्न गर्न आवश्यक सहजीकरण गर्नेछन् । उनीहरूले स्थानीय कार्यकर्तासँग समन्वय गर्दै सदस्यता व्यवस्थापन, संगठन विस्तार र नेतृत्व चयन प्रक्रियालाई समेत व्यवस्थित बनाउने जिम्मेवारी पाएका छन् ।

रास्वपाले आगामी संगठनात्मक संरचनालाई मजबुत बनाउने उद्देश्यसहित देशव्यापी रूपमा आन्तरिक गतिविधि तीव्र बनाएको बताएको छ । पार्टीले तल्लो तहसम्म संगठन विस्तार गर्दै जनतासँग प्रत्यक्ष सम्बन्ध सुदृढ गर्ने रणनीति अघि बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *