Thursday, २२ October २०२६
समाज

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

मोरङको लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार २०८३ असोज १६ गते राति १०ः३५ बजे जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे.४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक झापा घेराबारीका २७ वर्षीय कुमार नेपाली, पछाडि सवार सोही ठाउँका २५ वर्षीय सन्देश नेपाली र मोरङको पथरीशनिश्चरे गाउँपालिका–८ का ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए।

घाइतेमध्ये कुमार नेपालीको मदन भण्डारी अस्पताल, ट्रमा सेन्टर, मंगलबारेमा उपचारका क्रममा असोज १६ गते राति १२ बजे मृत्यु भएको हो। त्यस्तै, सन्देश नेपालीको न्युरो अस्पताल, विराटनगरमा उपचारका क्रममा असोज १७ गते राति १२ः०४ बजे चिकित्सकले मृत्यु घोषणा गरेका प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार अमर नेपालीको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।