Wednesday, २३ September २०२६
हेडर विज्ञापन (Mobile)
समाचार

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

लेखक: 0 प्रतिक्रिया
समाचार सामग्रीअघिको विज्ञापन
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दै छन्। प्रधानमन्त्री शाहको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।

प्रधानमन्त्री शाह आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम छ। उनले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ।

समाचारभित्रको विज्ञापन (Desktop)
समाचारभित्रको विज्ञापन (Mobile)
f X W
समाचार सामग्रीपछिको विज्ञापन

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *