Tuesday, २२ September २०२६
हेडर विज्ञापन (Mobile)
समाचार

नेपाल–मलेसिया श्रम सम्बन्ध सुधारमा प्रधानमन्त्री शाहको जोड, सिन्डिकेट र बिचौलियातन्त्र हटाउन आग्रह

लेखक: 0 प्रतिक्रिया
समाचार सामग्रीअघिको विज्ञापन
नेपाल–मलेसिया श्रम सम्बन्ध सुधारमा प्रधानमन्त्री शाहको जोड, सिन्डिकेट र बिचौलियातन्त्र हटाउन आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग नेपाल–मलेसिया वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा विशेष छलफल गरेका छन्।

प्रधानमन्त्री शाहले आज बिहान टेलिफोनमार्फत मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग छलफल गर्दै मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन्।

छलफलका क्रममा प्रधानमन्त्री शाहले सिन्डिकेट र बिचौलियातन्त्र आफू र आफ्नो सरकारलाई स्वीकार्य नरहेको स्पष्ट पारे। उनले यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्तिका कारण नेपाली श्रमिकहरू मारमा परेको भन्दै यसको स्थायी समाधानका लागि नेपाल र मलेसियाबीच संयुक्त पहल आवश्यक रहेको बताए।

प्रधानमन्त्री शाहले मलेसियाली समकक्षीलाई आफ्ना श्रममन्त्रीलाई नेपाली श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बसाई समस्या दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले आफू पनि सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको बताएका छन्। उनले यस विषयमा मलेसियाका श्रममन्त्रीलाई तत्काल नेपाली समकक्षीसँग समन्वय गरी ठोस निकास निकाल्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

छलफलमा दुवै प्रधानमन्त्रीले नेपाल–मलेसिया श्रम सम्बन्धलाई थप व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

समाचारभित्रको विज्ञापन (Desktop)
समाचारभित्रको विज्ञापन (Mobile)
f X W
समाचार सामग्रीपछिको विज्ञापन

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *