Tuesday, २२ September २०२६
हेडर विज्ञापन (Mobile)
विजनेश

लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता

लेखक: 0 प्रतिक्रिया
समाचार सामग्रीअघिको विज्ञापन
लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण प्रक्रियालाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको छ।

मंगलबार पूर्वाधार विकास मन्त्रालयमा भएको सम्झौताले विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (EDLVRS) मार्फत जारी हुने लाइसेन्सको छपाइदेखि वितरणसम्मको प्रक्रियालाई व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।

सम्झौताअनुसार यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको EDLVRS प्रणालीमार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जानेछ। उक्त डाटाका आधारमा सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छपाइ गर्ने व्यवस्था मिलाइएको छ।

छपाइ सम्पन्न भएका लाइसेन्स सम्बन्धित प्रदेशस्थित यातायात कार्यालयमा वितरण गर्ने तथा सेवाग्राहीले इच्छाएको ठेगानामा हुलाकमार्फत पुर्‍याउने प्रक्रियालाई पनि सम्झौताले व्यवस्थित गर्नेछ।

लाइसेन्स छपाइ र वितरणमा देखिँदै आएको झन्झट तथा ढिलाइ कम गर्दै सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको हो। तीन निकायबीचको समन्वयले लाइसेन्सको डाटा व्यवस्थापन, छपाइ तथा वितरण प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

समाचारभित्रको विज्ञापन (Desktop)
समाचारभित्रको विज्ञापन (Mobile)
f X W
समाचार सामग्रीपछिको विज्ञापन

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *